BIZMANDU
www.bizmandu.com

आइएमई ग्रुप अब प्राविधिक जनशक्ति उत्पादनमा, सञ्चालनमा ल्यायो काठमाडौं टेक्निकल स्कुल

२०८१ चैत्र १२

आइएमई ग्रुप अब प्राविधिक जनशक्ति उत्पादनमा, सञ्चालनमा ल्यायो काठमाडौं टेक्निकल स्कुल
काठमाडौँ टेक्निकल स्कूल उद्घाटन काठमाडौँ, १२ चैतः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारी मङ्गलबार काठमाडौँ टेक्निकल स्कूलको उद्घाटन गर्नुहुँदै । । तस्बिरः प्रदीपराज वन्त÷रासस


काठमाडौं। आइएमई ग्रुप र आइएक्सआइ कर्पले काठमाडौं टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन्। रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने भन्दै स्कुल सञ्चालनमा ल्याइएको हो।

Tata
GBIME
NLIC

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मंगलबार एक समारोहबीच स्कुलको शुभारम्भ गरे।

आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले आफ्नो समूह अब प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताए। उनले स्कुलले हजारौं युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुआत गर्ने लक्ष्यका साथ स्कुल स्थापना गरिएको हो। स्कुलले विशेषगरी रोजगारीका साथै समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,’ उनले भने।

स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत रोजगारमूलक तथा स्वरोजगारमूलक विधामा तालिम सञ्चालन गर्नेछ।

स्कुलका अध्यक्ष मनोज पौडेलले आगामी १० वर्षमा एक लाखभन्दा बढी दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्यमा स्कुलले सहयोग गर्ने बताए। उनले विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसाय र अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्ने बताए।