BIZMANDU
www.bizmandu.com

रिडाराको फोरह्वील ड्राइभ इभी ‘आरडी सिक्स’ नेपाली बजारमा, मूल्य कति ?

२०८१ चैत्र १२

रिडाराको फोरह्वील ड्राइभ इभी ‘आरडी सिक्स’ नेपाली बजारमा, मूल्य कति ?
रिडाराको फोरह्वील ड्राइभ इभी ‘आरडी सिक्स’ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं। चिनियाँ गाडी निर्माता रिडाराको फोर ह्विल ड्राइभ इभी ‘आरडी सिक्स’ नेपाली बजारमा आएको छ। रिडाराको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्सले गाडी भित्र्याएको हो।

Tata
GBIME

कम्पनीले यसअघि नाडा अटोमा गाडीको रियल ह्वील ड्राइभ भेरियन्ट ल्याएको थियो। अहिले गाडीको फोरह्वील भर्सन नेपाल ल्याइएको हो। यसको मूल्य ७९ लाख ९९ हजारदेखि भेरियन्ट अनुसार ८२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।

यसमा ७३ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध छ। जसले एक पटकको फुल चार्जमा ४२४ किलोमिटर रेन्ज प्रदान गर्छ।

रिडारामा ७ फरक-फरक ड्राइभिङ मोड जस्तै बालुवा, हिलो, अफ–रोड, पानी, इकोनोमी, आरामदायी र स्पोर्ट मोड उपलब्ध छन्। साथै, ५४० डिग्री सराउन्डेड भ्यु क्यामेरा प्रणाली समेत समावेश गरिएको छ।