BIZMANDU
www.bizmandu.com

सत्ताको आडमा एमाले कार्यकर्ताको गुण्डागर्दी, कार्यकक्षमै कुटिए विद्युत प्राधिकरणका कर्मचारी

२०८१ चैत्र १२

सत्ताको आडमा एमाले कार्यकर्ताको गुण्डागर्दी, कार्यकक्षमै कुटिए विद्युत प्राधिकरणका कर्मचारी
सत्ताको आडमा एमाले कार्यकर्ताको गुण्डागर्दी, कार्यकक्षमै कुटिए विद्युत प्राधिकरणका कर्मचारी

काठमाडौं। सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले गुण्डागर्दीमा उत्रिएको छ। एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघका कार्यकर्ताले मंगलबार सरकारी कार्यालयमै गुण्डागर्दी गरेका हुन्।

Tata
GBIME
Nepal Life

एमालेका कार्यकर्ताले नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेका छन् भने उनको कार्यकक्ष तोडफोड गरेका छन्।

३५/४० जनाको समूहले कार्यालय प्रमुखलाई कुटपिट गर्नुका साथै कार्यकक्ष तोडफोड गरेको केन्द्रले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान हुने गरी सूचना डिस्प्ले भएको विषयलाई लिएर एमालेका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्।

केन्द्रले आफ्नो प्रणाली ह्याक गरेर सूचना बोर्डमा प्रधानमन्त्रीविरुद्ध अपशब्द अपलोड भएको बताएको छ। यो प्रकरणमा केन्द्रका कर्मचारीको दोष भए छानबिन गरेर कारबाही गर्ने निकाय हुँदा हुँदै युवा संघका कार्यकर्ताले सत्ताको आडमा ताण्डव देखाएका हुन्।

एमाले कार्यकर्ताको गुण्डागर्दी पछि केन्द्रका कर्मचारी दोषीमाथि कारबाही र सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारीकहाँ पुगेका छन्।