BIZMANDU
www.bizmandu.com

माछापुच्छ्रे क्यापिटलले पायो निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसनको अनुमति

२०८१ चैत्र १२

माछापुच्छ्रे क्यापिटलले पायो निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसनको अनुमति
माछापुच्छ्रे क्यापिटलले पायो निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसनको अनुमति

काठमाडौं। माछापुच्छ्रे क्यापिटलले निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रेसनको अनुमति पाएको छ।

Tata
GBIME

माछापुच्छ्रे क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट सोमबार निष्कासन तथा बिक्री प्रबन्धक तथा सेयर रजिष्ट्रेसनको अनुमति पाएको हो।

सेबोनबाट अनुमति प्राप्त भएसँगै माछापुच्छ्रे क्यापिटलले आइपीओ, हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरुको निष्कासन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ।

कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सेयरधनीको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायत थप सेवा प्रदान गर्न सक्नेछ।

माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको सहायक कम्पनी हो।