BIZMANDU
www.bizmandu.com

सवारीसाधन बिक्रीमा चिनियाँ कम्पनी बीवाइडीले टेस्लालाई उछिन्यो, आम्दानी ९.३ अर्ब डलर बढी

२०८१ चैत्र १२

सवारीसाधन बिक्रीमा चिनियाँ कम्पनी बीवाइडीले टेस्लालाई उछिन्यो, आम्दानी ९.३ अर्ब डलर बढी
सवारीसाधन बिक्रीमा चिनियाँ कम्पनी बीवाइडीले टेस्लालाई उछिन्यो, आम्दानी ९.३ अर्ब डलर बढी


काठमाडौं। चिनियाँ कम्पनी बीवाइडीले गाडी बिक्रीमा अमेरिकी कम्पनी टेस्लालाई उछिनेको छ। वार्षिक आम्दानीका आधारमा सन् २०२४ मा बीवाइडीले टेस्लालाई उछिनेको हो।

Tata
GBIME
NLIC

सेन्जेनमा आधारित फर्मले बीवाइडीको आम्दानी २९ प्रतिशतले बढेर ७७७ अर्ब युआन अर्थात १०७ अर्ब डलर पुगेको बताएको छ। हाइब्रिड सवारीसाधनको बिक्रीले बीवाइडीको आम्दानी बढेको हो।

एलन मस्कको कम्पनी टेस्लाले सन् २०२४ मा ९७.७ अर्ब डलर आम्दानी गरेको बताएको थियो।

बीवाइडीले टेस्लाको मोडेल ३ सँग प्रतिस्पर्धा गर्न हालै कम मूल्यको कार लन्च गरेको छ जुन चीनमा सर्वाधिक बिक्री हुने विद्युतीय सवारीसाधन बनेको छ।

गत वर्ष बीवाइडीले करिब १ करोड ७७ लाख कार बेचेको थियो।

बीवाइडीले टेस्लालाई टक्कर दिन गत आइतबार नयाँ मोडेल घोषणा गरेको छ। क्वीन एल मोडलको सुरुवाती मूल्य १ लाख १९ हजार ८०० युआन छ। टेस्लाको मोडल ३ को बेस संस्करणको मूल्य २ लाख ३५ हजार ५०० युआन छ।