BIZMANDU
www.bizmandu.com

भिसाको दसैं क्याम्पेनमा कुमारी बैंकका दुई ग्राहक बने विजेता, विदेश जाने अवसर

२०८१ चैत्र १२

भिसाको दसैं क्याम्पेनमा कुमारी बैंकका दुई ग्राहक बने विजेता, विदेश जाने अवसर
भिसाको दसैं क्याम्पेनमा कुमारी बैंकका दुई ग्राहक बने विजेता, विदेश जाने अवसर

काठमाडौं । भिसाले संचालन गरेको दसैं क्याम्पेन २०२४ को विजेताहरु घोषणा गरिएको छ। कुमारी बैंकका ग्राहकहरु मध्ये गोकुल थापाले पहिलो स्थान हासिल गरि विजेता बन्न सफल भएका छन्।

Tata
GBIME

त्यसैगरि कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता घोषित भएका छन्।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्धन गर्ने उद्देश्यका साथ संचालन गरिएको यो अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरुबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो।

विजेताहरुले २ जनाको लागि विदेश भ्रमणको दुईतर्फी हवाई टिकट प्राप्त गरेका छन्।