BIZMANDU
www.bizmandu.com

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य नियुक्त, करिब चार वर्षपछि पुनः पुरानै पदमा जिम्मेवारी

२०८१ चैत्र ११

विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य नियुक्त, करिब चार वर्षपछि पुनः पुरानै पदमा जिम्मेवारी
विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा शाक्य नियुक्त, करिब चार वर्षपछि पुनः पुरानै पदमा जिम्मेवारी


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले शाक्यलाई नियुक्त गरेको हो।

Tata
GBIME

प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्दै शाक्यलाई नयाँ जिम्मेवारी दिने निर्णय भएको एक मन्त्रीले बताए।

शाक्य यसअघि पनि प्रबन्ध निर्देशक नियुक्त भएका थिए। २०७७ माघमा नियुक्त भएका थिए। तत्कालीन नेकपाको सरकारले नियुक्त गरेका शाक्यलाई मन्त्रालय तानेर कुलमानलाई प्रबन्ध निर्देशक नियुक्त गरिएको थियो।

घिसिङको नियुक्ति बदर गरी आफूलाई यथावत कामको माग गरेर सर्वोच्च अदालतले रिट दर्ता गरे पनि मुद्दा औचित्यहीन रुपमा थन्क्याइएको थियो।