BIZMANDU
www.bizmandu.com

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङलाई हटाउने सरकारको निर्णय

२०८१ चैत्र ११

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङलाई हटाउने सरकारको निर्णय
नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कूलमान घिसिङलाई हटाउने सरकारको निर्णय


काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदमुक्त गरेको छ।

GBIME
Tata

आज बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको एक मन्त्रीले पुष्टि गरे।

घिसिङ प्राधिकरणमा दोस्रो कार्यकाल पूरा गर्ने अन्तिम समयमा थिए। कार्यकाल पूरा नहुँदै उनलाई सरकारले पदबाट हटाएको हो। हटाउनुअघि मन्त्रिपरिषद् र मन्त्रीस्तरीय गरि पटक पटक उनलाई स्पष्टीकरण सोधिएको थियो। यसअघि सरकारले कूलमान घिसिङलाई स्पष्टीकरण सोधेको थियो।

ऊर्जामन्त्री खड्काले कुलमानलाई हटाउने तयारीस्वरुप मन्त्रालयको कार्यसम्पादन मूल्यांकन समितिलाई कुलमानलाई शून्य नम्बर दिन लगाएका थिए।

कुलमानले भने आर्थिक वर्ष २०८०/८१ मा गरेको कामका लागि ९८.९९ प्रतिशत अंक दाबी गरेर पुसमा आफ्नो कार्यप्रगति बुझाएका थिए।

मन्त्री खड्काले कुलमानलाई यसअघि पनि पटकपटक स्पष्टीकरण सोधेका थिए।