BIZMANDU
www.bizmandu.com

नेपाल-अमेरिका व्यापारिक सम्बन्ध सुदृढ गर्न एमच्यामको पहल, प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह

२०८१ चैत्र ११

नेपाल-अमेरिका व्यापारिक सम्बन्ध सुदृढ गर्न एमच्यामको पहल, प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह
नेपाल-अमेरिका व्यापारिक सम्बन्ध सुदृढ गर्न एमच्यामको पहल, प्रविधिको क्षेत्रमा लगानी गर्न आग्रह


काठमाडौं। अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम)ले अमेरिकासँग व्यापारिक सम्बन्ध सुदृढ बनाउनतिर जुटेको छ। एमच्यामको प्रतिनिधिमण्डलले वासिङ्टन डीसीमा दुई मुलुकबीच आर्थिक सहकार्य अघि बढाउन छलफल गरेको छ।

Tata
GBIME
NLIC

एमच्याम नेपालले आईसीटी, ऊर्जा, पर्यटन, आतिथ्य, निर्माण, फिनटेक, कृषि व्यवसाय र सेवा क्षेत्रमा लगानी गर्ने विषयमा अमेरिकी अधिकारीहरुसँग छलफल गरेको हो।

अमेरिकी वाणिज्य विभागका अन्तर्राष्ट्रिय व्यापार प्रशासनका कार्यवाहक निर्देशक क्रिस एसले दुई देशबीचको व्यापार अवरोध हटाउने र व्यापारिक अवसरलाई सदुपयोग गर्ने प्रतिबद्धता जनाएको एमच्यामले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

अमेरिकी जलविद्युत् विकासकर्ता सम्राथ मोघाले नेपालमा अमेरिकी लगानी आकर्षित गर्न करमा सुधार गर्नुपर्ने बताए। आवश्यकतामा जोड दिए। उनले प्रत्यक्ष वैदेशिक लगानीलाई सहज बनाउन र प्रतिफलको सुनिश्चितता हुने नीतिगत पहल गर्न आग्रह गरे ।

एमच्याम नेपालका संस्थापक अध्यक्ष अजित विक्रम शाहले सूचना प्रविधि क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै लगानीका लागि आग्रह गरे।