BIZMANDU
www.bizmandu.com

लाइफ इन्स्योर‍ेन्सको व्यवसाय ११ प्रतिशतले वृद्धि, कुन कम्पनीको प्रिमियम कति ?

२०८१ चैत्र ११

लाइफ इन्स्योर‍ेन्सको व्यवसाय ११ प्रतिशतले वृद्धि, कुन कम्पनीको प्रिमियम कति ?
लाइफ इन्स्योर‍ेन्सको व्यवसाय ११ प्रतिशतले वृद्धि, कुन कम्पनीको प्रिमियम कति ?

काठमाडौं। लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो व्यवसाय ११ प्रतिशतले बढाएका छन्। जीवन बीमा कम्पनीले चालु आर्थिक वर्ष फागुनसम्म १ खर्ब ९ अर्ब ४३ करोड रुपैयाँ बीमा शुल्क संकलन छन्। यो रकम पोहोर ९ महिनाको तुलनामा ११ अर्ब रुपैयाँ बढी हो।

Tata
GBIME

गत वर्ष डेढ दर्जन कम्पनीले ९८ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। नेपाल बीमा प्राधिकरणका अनुसार लाइफ इन्स्योरेन्सको नयाँ व्यापार १४.९६ प्रतिशतले बढेको छ।

गत वर्ष ८ महिनामा १८ अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका कम्पनीले यस वर्ष सोही अवधिमा २१ अर्ब ५२ करोड रुपैयाँ आर्जन गरेका छन्।

सरकारको लगानी रहेको राष्ट्रिय जीवन बीमा बाहेकका सबै इन्स्योरेन्सले व्यापार वृद्धि गरेका हुन्। नेपाल लाइफ इन्स्योरेन्सले सबैभन्दा धेरै २९ अर्ब ३९ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ।

राष्ट्रिय जीवन बीमा कम्पनीको व्यवसाय १४.३७ प्रतिशतले घटेको छ।

लाइफ इन्स्योरेन्सले दुई आर्थिक वर्ष ८ महिनामा आर्जन गरेको बीमा शुल्क रु लाखमा

इन्स्योरेन्स२०८१/८२२०८०/८१फरक %
नेपाल लाइफ २९३९८९.३९२६३०००.३०११.७८
नेसनल१३६२८४.५७११५६१८.९५१७.८७
लाइफ इन्स्योरेन्स कर्पोरेसन१२५६०५.३१११५७७९.२९८.४९
हिमालयन ११२२२७.५२१११८०२.०६०.३८
सूर्यज्योति ६६९५०.०९५७०८२.३०१७.२९
एसियन ५६९८२.७६५१५८७.२३१०.४६
सिटिजन ४४९००.४१३७२८३.७७२०.४३
राष्ट्रिय जीवन बीमा ४४७९३.४०५२३०७.८६-१४.३७
सानिमा रिलायन्स ४२९२६.७८३८०३७.००१२.८६
मेट लाइफ३८८०९.२१३६३३७.०७६.८
आइएमई ३२८७८.२५२८२६५.४०१६.३२
प्रभु महालक्ष्मी ३१९७६.६७२७१८३.३०१७.६३
रिलायबल नेपाल ३१७५९.७१२६३२१.५०२०.६६
सन नेपाल २७०२९.५८२४७१०.६९९.३८
गार्डियन २८०५.३६१५९१६६४.३८
क्रेष्ट २६६४.५२३६१.५२६३७.०३
लिबर्टी १७७६.२४६९.३७२४६०.५३
कुल१०९४३५९.७७९८५९०६.६१११
स्रोत : नेपाल बीमा प्राधिकरण

प्राधिकरणका अनुसार सक्रिय बीमा लेख संख्या ३.१२ प्रतिशतले बढेको छ। गत वर्ष फागुनसम्म १ करोड ३८ लाख बीमा लेख सक्रिय रहेकामा यस वर्ष फागुनसम्म त्यो संख्या १ करोड ४२ लाख ३८ हजार पुगेको छ।