BIZMANDU
www.bizmandu.com

सेयर बजारमा सुधार, परिसूचक २६.१० अंकले बढ्यो, ४ अर्ब ४८ करोडको कारोबार

२०८१ चैत्र ११

सेयर बजारमा सुधार, परिसूचक २६.१० अंकले बढ्यो, ४ अर्ब ४८ करोडको कारोबार
सेयर बजारमा सुधार, परिसूचक २६.१० अंकले बढ्यो, ४ अर्ब ४८ करोडको कारोबार

काठमाडौं। लगातार ओरालो लागेको सेयर बजार एक साता कारोबार दिनपछि हरियाली भएको छ। सोमबार सबै सूचकले बजार बढाएका हुन्।

Tata
GBIME
Nepal Life

नेप्से २६.१० अंकले वृद्धि भएर २६४०.७८ विन्दुमा पुगेको छ। फाइनान्सको सूचक सर्वाधिक ३.५२ प्रतिशतले बढेको छ। यस्तै, अन्य १.५०, लाइफ इन्स्योरेन्सको सेयर मूल्य १.४६ र व्यापार १.०६ समूहको सूचक प्रतिशतले बढेको छ।

२१० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। गार्डियन माइक्रो लाइफको सर्वाधिक ९.५१ प्रतिशतले उकालो लागेको छ।

३३ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। अपर हेवाखोलाको सेयर मूल्य सर्वाधिक ४.२६ प्रतिशतले घटेको छ।

४ अर्ब ४८ करोड ३५ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रि-इन्स्योरेन्सको ३२ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै, सीएचडीसी होल्डिङ्सको १५ करोड २९ लाख र नेपाल रि-इन्स्योरेन्सको १२ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।