BIZMANDU
www.bizmandu.com

मदिरा सप्लायर कम्पनीले कर छलेको भन्दै संचालकविरुद्ध साढे ५ करोडको बिगो दाबी

२०८१ चैत्र ११

मदिरा सप्लायर कम्पनीले कर छलेको भन्दै संचालकविरुद्ध साढे ५ करोडको बिगो दाबी
मदिरा सप्लायर कम्पनीले कर छलेको भन्दै संचालकविरुद्ध साढे ५ करोडको बिगो दाबी


काठमाडौं । मदिरा सप्लाई गर्दै आएको संस्कार ट्रेडर्सका संचालक होमप्रसाद चालिसेविरुद्ध मुद्दा दायर भएको छ।

Tata
GBIME
NLIC

मदिराको बिक्री वितरणमा राजस्व चुहावट गरेको भन्दै राजस्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा ५ करोड ५१ लाख १८ हजार ४५२ रुपैयाँ बिगो मागदाबी गर्दै अभियोगपत्र दायर गरेको हो।

चालिसेमाथि संस्कार ट्रेडर्स नामको फर्ममार्फत् बिल वीजक जारी नगरी मदिराजन्य पदार्थहरु बिक्री गरि मूल्य अभिवृद्धि कर राजस्व छली गरेको आरोप छ।

यस्तै, उनले अन्तःशुल्कजन्य पदार्थ (मदिरा)को अन्तःशुल्क प्रणालीमा प्रविष्टि नगरी चोरी निष्कासन गरि अन्तःशुल्क राजस्व छली गरेको अनुसन्धानमा देखिएको जनाइएको छ।