BIZMANDU
www.bizmandu.com

एनएमबि बैंकको सुनवल शाखा साबिक स्थानबाट पराजुली कम्प्लेक्समा स्थानान्तरण

२०८१ चैत्र ११

एनएमबि बैंकको सुनवल शाखा साबिक स्थानबाट पराजुली कम्प्लेक्समा स्थानान्तरण
एनएमबि बैंकको सुनवल शाखा साबिक स्थानबाट पराजुली कम्प्लेक्समा स्थानान्तरण

सुनवल। एनएमबि बैंकको सुनवल शाखा पहिलेको स्थानबाट केहीपर दक्षिणतर्फ स्थानान्तरण भएको छ।

Tata
GBIME
Nepal Life

उक्त शाखा पहिलेको स्थानबाट नजिकै दक्षिणपट्टी विपरित दिशामा पराजुली कम्प्लेक्स नयाँ भवनमा अत्याधुनिक सेवासहित स्थानान्तरण भएको बैंकले जनाएको छ। ८८ वर्षीय जेष्ठ नागरिक समाजसेवी गङ्ग बहादुर पुनले शाखाको उद्घाटन गरेका छन्।

एनएमबि बैंक सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले सबै जनतामा वित्तीय पहुँच पुर्‍याउन एनएमबि बैंक अत्याधुनिक सेवासुविधा प्रदान गर्नेगरी स्थानान्तरण गरिएको जानकारी दिए। उनले सुनवल क्षेत्रका स्थानीयलाई गुणस्तरीय बैकिङ सेवा दिन आफूहरू सदैव प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा बैंकका एडमिन हेड सिताराम डुम्रे, अधिकृत रन्जिव श्रेष्ठ, पूर्वप्रदेश उद्योगमन्त्री खड्ग बस्नेत, जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष विष्णु प्रसाद पौडेल, सचिव चण्डी प्रसाद पाण्डे, रेडक्रस सोसाइटी नवलपरासी उपसभापति कृष्ण लामिछाने, एनएमबि लुम्बिनी प्रदेश रिस्क म्यानेजर कमल न्यौपाने लगायत समाजसेवी, उद्योगी र व्यवसायीहरूको उपस्थिति थियो।