काठमाडौं । नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले ग्लोबल मनिविक २०२५ को अवसरमा निबन्ध प्रतियोगिता आयोजना गरेको छ।
निबन्ध प्रतियोगितामा विराटनगरस्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्रा टेरिया तामाङ प्रथम भएकी छिन्।
यस्तै, प्रतियोगितामा अर्किड पब्लिक मा.वि. मा कक्षा ११ मा अध्ययनरत छात्रा निर्मला उराव द्वितीय र शिक्षादीप मा.वि. मा कक्षा ११ मा अध्ययनरत छात्रा शिरीन भट्टराई तृतीय भएकी छिन्।
विराटनगर महानगरपालिकास्थित माध्यमिक विद्यालयहरुमा कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको सहभागितामा
चैत ४ गते निबन्ध प्रतियोगिता गरिएको थियो।
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई नेपाल राष्ट्र विराटनगर कार्यालयमा आयोजित पुरस्कार वितरण कार्यक्रममा क्रमश: नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँसहित प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरिएको छ।
बैंकले अभियान अन्तर्गत चैत ४ गते आदर्श माध्यमिक विद्यालयका कक्षा ११ मा अध्ययरत विद्यार्थीहरूको नेपाल राष्ट्र बैंक अवलोकन भ्रमण, चैत ६ गते हरिनगर गाउँपालिकास्थित हरिनगरा मा.वि.मा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता, चैत ७ गते जहदा गाउँपालिकास्थित जनता मा.वि. का कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय साक्षरता तथा चैत ८ गते गोग्राहा मा. वि. मा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरुलाई खुत्रुके वितरण लगायतका सप्ताहब्यापी वित्तीय सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गरेको थियो ।