BIZMANDU
www.bizmandu.com

साढे दुई करोड जरिवाना तोकिएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक पक्राउ

२०८१ चैत्र ११

साढे दुई करोड जरिवाना तोकिएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक पक्राउ
साढे दुई करोड जरिवाना तोकिएका विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक पक्राउ


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौं महानगरपालिका वडा नम्बर १६ बनस्थलीबाट उनलाई पक्राउ गरेको हो।

उप्रेतीलाई भ्रष्टाचार अभियोगमा सर्वोच्च अदालतले २ करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैद हुने ठहर गरेको थियो।

उनलाई सोमबार नै फैसला कार्यान्वयनको लागि अदालतमा पेस गरिएको हो। अदालतबाट उनलाई डिल्लीबजार कारागार चलान गरिएको थियो।