BIZMANDU
www.bizmandu.com

ग्लोबल मनी वीकमा सिटिजन्स बैंक इन्टरनेसनलको वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा

२०८१ चैत्र ११

ग्लोबल मनी वीकमा सिटिजन्स बैंक इन्टरनेसनलको वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा
ग्लोबल मनी वीकमा सिटिजन्स बैंक इन्टरनेसनलको वित्तीय साक्षरता कार्यक्रम सातै प्रदेशमा

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्लोबल मनी वीकमा ७ वटै प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ।

Tata
GBIME

‘थिंक बिफोर यू फलो, वाइज मनी टूमरो’ नाराका साथ ग्लोबल मनी वीक चैत ४ देखि १० गतेसम्म संचालन भएको थियो।

साप्ताहिक कार्यक्रमअन्तर्गत बैंकले कोशी प्रदेशको भोजपुर, विराटनगरको महेन्द्र चोक, बिर्तामोड, इटहरी, कर्सिया र शहिदभूमि, मधेश प्रदेशको वीरगंज, निजगढ, बोदेबर्साइन र जनकपुर, वाग्मती प्रदेशको भरतपुर, भैंसेपाटी, मनहरी, मंगलपुर, चरिकोट, नारायणगढ, नारायणगोपाल चोक, धुमबाराही, ग्वार्को, नयाँबजार, हरिहरपुरगढी, ज्यामिरे, टाँडी, कुलेश्वर, टेकु, लामबगर, डिल्लीबजार र सिन्धुलीमा कार्यक्रम गरेको थियो।

यस्तै, गण्डकी प्रदेशको अमरापुरी, धारापानी बागलुङ, चामे, दमौली, कावासोती र कोल्हुवा, लुम्बिनी प्रदेशको तुलसीपुर, जीतपुर, कालिकानगर, मणिग्राम, ओडारी, कोहलपुर र सुख्खानगरमा कार्यक्रम गरिएको थियो। कर्णाली प्रदेशको जाजरकोट, जुम्ला, जुफाल, सिमकोट र नाम्खामा तथा सुदूरपश्चिम प्रदेशको ढकारी र पाटनमा विभिन्न वित्तिय साक्षरता कार्यक्रमको आयोजना गरि वित्तीय ज्ञान प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी युवा तथा विद्यार्थीलाई वित्तीय साक्षरताको आवश्यकता र महत्त्व बुझाइएको थियो। यस्तै, वित्तीय साक्षरताको अवस्था र विद्युतीय बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको थियो।

नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको थियो। यसबाट बैंकिङ प्रणाली मजबुत हुनुका साथसाथै युवा र विद्यार्थीमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।