BIZMANDU
www.bizmandu.com

विदेशी रि-इन्स्योरेन्स ब्रोकरलाई नेपालमा कार्यालय स्थापना गर्न प्राधिकरणको निर्देशन

२०८१ चैत्र ११

विदेशी रि-इन्स्योरेन्स ब्रोकरलाई नेपालमा कार्यालय स्थापना गर्न प्राधिकरणको निर्देशन
विदेशी रि-इन्स्योरेन्स ब्रोकरलाई नेपालमा कार्यालय स्थापना गर्न प्राधिकरणको निर्देशन

काठमाडौं। नेपाल बीमा प्राधिकरणले विदेशी पुनर्बीमा ब्रोकरहरूलाई नेपालमा कार्यालय स्थापना गर्न निर्देशन दिएको छ।

Tata
GBIME

प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका २०८० बमोजिम हालसम्म कार्यालय स्थापना नगरेका विदेशी पुनर्बीमा ब्रोकरहरूलाई ३ महिनाभित्र कार्यालय स्थापना गर्न निर्देशन दिएको हो।

प्राधिकरणमा सूचीकरण भएका र सूचीकरण नम्बर प्राप्त गरेका पुनर्बीमा ब्रोकरले ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ।

निर्देशिका कार्यान्वयनमा आएको एक वर्षसम्म ब्रोकरले पालना नगरेपछि प्राधिकरणले निर्देशन दिएको छ।