सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न हाइस्कोरिङ म्याचमा हैदाराबादले राजस्थानलाई ४४ रनले हराउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
हैदराबादस्थित राजीव गान्धी स्टेडियममा घरेलु टोली टस हारेर ब्याटिङमा उत्रिएको थियो। बिस्फोटक ब्याटिङ गरेको हैदराबादले इशान किसनको शतकको सहायतामा निर्धारित २० ओभरमा ६ विकेट गुमाउँद २८६ रन बनायो।
यसक्रममा किसनले ४७ बलमा १०६ रन बनाउँदै अविजित रहँदा ट्राभिस हेडले ६७, अभिषेक शर्माले २४, नितिश कुमार रेड्डीले ३० र हेनरिच क्लासनले ३४ रन बनाए।
बलिङतर्फ राजस्थानका तुषारदेशपाण्डेले सर्वाधिक ३ विकेट लिँदा महीश थिकसेनाले २ तथा सन्दीप शर्माले १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको राजस्थान ६ विकेट गुमाउँदै २४२ रनमा समेटियो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ७० रन बनाउँदा सञ्जु सामसनले ६६ तथा सिमरन हेटमायरले ४२ रन बनाए।
बलिङतर्फ हैदराबादका सिमरजित सिंह र हर्षल पटेलले समान २ तथा मोहम्मद शमी र एडम जम्पाले समान १ विकेट लिए।
आजै अर्को खेलमा चेन्नइ सुपर किंग्स र मुम्बई इण्डियन्स प्रतिस्पर्धामा छन्।