BIZMANDU
www.bizmandu.com

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत, ७ लाख ७४ हजार ४४५ कित्ता कारोबारमा

२०८१ चैत्र १०

नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत, ७ लाख ७४ हजार ४४५ कित्ता कारोबारमा
नेप्सेमा दुई लघुवित्तको बोनस सेयर सूचीकृत, ७ लाख ७४ हजार ४४५ कित्ता कारोबारमा

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा दुई लघुवित्त संस्थाको बोनस सेयर सूचीकृत भएको छ। आइतबार सपोर्ट लघुवित्त र सूर्योदय वोमी लघुवित्तको ७ लाख ७४ हजार ४४५ कित्ता सेयर थपिएको हो।

Tata
GBIME
Nepal Life

सूर्योदयले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। कम्पनीको १ लाख ४८ हजार २४५.०९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

बोनस सेयर थपिएपछि सूर्योदयको चुक्ता पुँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ पुगेको छ। यस्तै, सपोर्ट लघुवित्तको ६ लाख २६ हजार १९९.७८ कित्ता बोनस सेयर थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १३.७७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

बोनस सेयरपछि लघुवित्तको चुक्ता पुँजी १२ करोड २४ लाख रुपैयाँ पुगेको छ।