BIZMANDU
www.bizmandu.com

ऋणको ब्याजदर निरन्तर सस्तिंदै, बैंकको आधार दर ५ प्रतिशतसम्म आइपुग्यो, कसको कति ?

२०८१ चैत्र १०

ऋणको ब्याजदर निरन्तर सस्तिंदै, बैंकको आधार दर ५ प्रतिशतसम्म आइपुग्यो, कसको कति ?
ऋणको ब्याजदर निरन्तर सस्तिंदै, बैंकको आधार दर ५ प्रतिशतसम्म आइपुग्यो, कसको कति ?

काठमाडौं। वाणिज्य बैंकहरुले लागत घटाउँदा आधार दर (बेस रेट) तल आइ कर्जा थप सस्तिन पुगेको छ। आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त भइ लगानीयोग्य रकम (तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर बेस रेट तल आएको हो।

Tata
GBIME

बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा बेस रेट घटेको हो। अहिले तीनवटा वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल छ।

स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट साढे ५ प्रतिशतभन्दा तल आएको हो।

स्ट्याण्डर्ड चार्टर्डको बेस रेट ५.०३ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ५.२८ र एभरेष्ट बैंकको ५.४६ प्रतिशतमा झरेको छ।

बेस रेट घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले बेस रेटमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।

कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न नसकेका कारण बैंकहरुले ०.१० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुले बेस रेटभन्दा कममा लगानी गर्न पाउँदैनन्।

कुन बैंकको बेस रेट कति ?

वाणिज्य बैंकफागुनको बेस रेट
स्ट्यान्डर्ड चार्टर्ड५.०३
राष्ट्रिय वाणिज्य५.२८
एभरेस्ट५.४६
नेपाल५.९६
नबिल६.०५
नेपाल इन्भेष्टमेन्ट६.२५
कृषि विकास६.५२
ग्लोबल आइएमई६.५६
एनएमबि६.५९
सानिमा६.६
माछापुच्छ्रे६.६८
सिद्धार्थ६.६९
नेपाल एसबिआई६.८५
हिमालयन६.८८
लक्ष्मी सनराइज६.९३
प्रभु६.९३
सिटिजन्स६.९५
कुमारी६.९९
प्राइम कमर्सियल
एनआईसी एसिया७.४१
स्रोत : बैंकहरु