BIZMANDU
www.bizmandu.com

सेयर बजार बढेन, नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा, ६ अर्ब ३२ करोडको कारोबार

२०८१ चैत्र १०

सेयर बजार बढेन, नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा, ६ अर्ब ३२ करोडको कारोबार
सेयर बजार बढेन, नेप्से ५४.६२ अंकले घटेर २६१४.६८ विन्दुमा, ६ अर्ब ३२ करोडको कारोबार

काठमाडौं। सेयर बजार लगातार ओरालो लागेको छ। साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५४.६२ अंकले घटेर २६१६.६८ विन्दुमा आएको छ।

Tata
GBIME
Nepal Life

कारोबारमा आएका सबै समूहका सूचक घट्दा बजार नबढेको हो। फाइनान्स समूहको सूचक सर्वाधिक २.९८ प्रतिशतले घटेको छ। व्यापार २.८‍३, विकास बैंक २.३०, लघुवित्त २.३६, जलविद्युत २.५० र होटल तथा पर्यटन समूहको सूचक २.३० प्रतिशतले घटेको छ।

२३० कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। मिथिला लघुवित्तको सेयरमूल्य घटेर नेगेटिभ सर्किट लागेको छ।

१३ कम्पनीको मूल्य बढ्दा कुनै पनि कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढीको वृद्धि छैन।

६ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको ४२ करोड ६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको ३५ करोड ९९ लाख र नेपाल रिइन्स्योरेन्सको ३४ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।