BIZMANDU
www.bizmandu.com

चैत १८ देखि २२ गतेसम्म एसिया प्यासिफिक टेलिकम्युनिटीको ३४औं बैठक काठमाडौंमा

२०८१ चैत्र १०

चैत १८ देखि २२ गतेसम्म एसिया प्यासिफिक टेलिकम्युनिटीको ३४औं बैठक काठमाडौंमा
चैत १८ देखि २२ गतेसम्म एसिया प्यासिफिक टेलिकम्युनिटीको ३४औं बैठक काठमाडौंमा


काठमाडौं। एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणसँगको सहकार्यमा काठमाडौंमा एपीटी वायरलेस ग्रुपको ३४औं बैठक (एडब्लुजी-३४) आयोजना गर्ने भएको छ।

Tata
GBIME
NLIC

बैठक चैत १८ देखि २२ गतेसम्म आयोजना हुनेछ। बैठक हाइब्रिड मोडलमा आयोजना हुँदैछ। अर्थात् भौतिकसँगै भर्चुअल माध्यमबाट पनि कार्यक्रममा सहभागी हुन सकिने आयोजकले जनाएको छ।

उदाउँदो डिजिटल प्रविधिका आवश्यकता पूर्ति गर्न एडब्लुजी-३४ ले वायरलेस प्रणालीबारे विभिन्न छलफल गर्नेछ। यसका साथै बैठकमा प्रभावकारी रेडियो कम्युनिकेसन सोलुसन्सका साथै प्रविधि तथा ज्ञानको सहज आदानप्रदान गर्ने उद्देश्य रहेको छ।

बैठकमा एपीटीका सदस्य तथा क्षेत्रीय/अन्तर्राष्ट्रिय संघसंस्थाको सहभागीता रहनेछ।

संयुक्त राष्ट्र संघअन्तर्गतको एसिया र प्रशान्त क्षेत्र हेर्ने आर्थिक तथा सामाजिक आयोग (युनेस्क्याप) र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू)को संयुक्त पहलमा एपीटी गठन भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सन् १९७९ जुलाई १ देखि एपीटीको सदस्य रहँदै आएको छ।

एपीटीमा एसिया-प्रशान्त क्षेत्रका ३८ देशका दूरसञ्चार हेर्ने सरकारी संस्था सदस्य छन्। यी देशका प्रतिनिधिहरु बैठकमा सहभागी हुन काठमाडौं आउँदैछन्।