BIZMANDU
www.bizmandu.com

प्रोटोनको इभी इ-मास सेभेन नेपाली बजारमा, सुरुवाती मूल्य ५६.९९ लाख

२०८१ चैत्र ९

प्रोटोनको इभी इ-मास सेभेन नेपाली बजारमा, सुरुवाती मूल्य ५६.९९ लाख
प्रोटोनको इभी इ-मास सेभेन नेपाली बजारमा, सुरुवाती मूल्य ५६.९९ लाख


काठमाडौं। इभीको प्रतिष्पर्धी बजारमा मलेसियन कम्पनी प्रोटोनको पहिलो एसयुभी ई-मास सेभेन पनि आइपुगेको छ। नेपाली बजारका लागि उक्त गाडी शुक्रबार काठमाडौंमा सार्वजनिक गरिएको हो।

Tata
GBIME
NLIC

नेपालका लागि प्रोटोनका गाडीहरुको बिक्रेता कम्पनी जगदम्बा मोटर्सद्वारा आयोजित कार्यक्रममा नेपालका लागि मलेसियाका राजदूत मोहमद फिर्दोस अज्मनले उक्त गाडी सार्वजनिक गरे। प्रोटोनले ई-मास सेभेनलाई प्राइम र प्रिमियम गरि दुई भेरियन्टमा ल्याएको छ।

कम्पनीले यो गाडीको सुरुवाती मूल्य ५६ लाख ९९ हजार रुपैयाँ हुने र ६ प्रकारका रङमा उपलब्ध हुने घोषणा गरेको छ। कम्पनीका अनुसार यो गाडी प्रोटोनको ग्लोबल मोड्युलर आर्किटेक्चर प्लेटफार्ममा निर्मित हो। १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको गाडीमा सेल टु बडी ब्याट्री संरचना छ। यसमा नयाँ पुस्ताको एइजीएस सर्ट-ब्लेड ब्याट्री छ।

लेभल टु एडास सिस्टम, ३६० डिग्री भ्यु क्यामरा भएको यो गाडिले आसियान एनक्यापको सुरक्षा रेटिङमा ५ स्टार पाएको कम्पनीले जनाएको छ। १६० किलोवाट पावर र ३२० एनएम टर्क, शून्यदेखि १०० किमि प्रति घन्टाको गतिमा पुग्न ६.९ सेकेन्ड मात्रै लाग्ने र १०० किमिबाट रोक्न ३५ मिटर ब्रेकिङ दुरी गाडीमा विशेषता छन्।

यसको प्राइम भेरियन्टमा ४९.५२ किलोवाटको ब्याट्री छ, जसले ३४५ किमि रेन्ज दिन्छ। प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाटको ब्याट्री छ, जसले ४१० किमिको रेन्ज दिन्छ। डीसी फास्ट चार्जिङ सपोर्टमा ३० प्रतिशतबाट ८० प्रितशत चार्ज २० मिनेटमा हुने र १० मिनेटको चार्जले १३५ किमि रेन्ज दिने क्मपनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इन्टेरियतरतर्फ सिटहरु बेन्टिलेटेड छन्, लेग स्पेस पर्याप्त छ। गाडीमा ३३ स्टोरेज कम्पार्टमेन्ट, २५६ रङको एम्बियन्ट लाइटिङ,१५.४ इन्च र २.५ के रिजोल्युसनको टचस्क्रीन डिस्प्ले छ।   

कार्यक्रममा जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले प्रोटोनको पहिलो एसयुभी ई-मास सेभेन नेपाली बजारमा ल्याउन पाउँदा हर्षित रहेको बताए। ‘नेपाल दिगो यातायाततर्फ अघि बढिरहेका बेला हाम्रो लक्ष्य राम्रो पर्फर्मेन्स दिने र वातावरणमैत्री गाडी उपलब्ध गराउनु हो,’ उनले भने, ‘यसले नेपाली सवारी चालकहरुको आशा अपेक्षालाई पुरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ।’

जगदम्बाले आगामी आर्थिक वर्षभित्र देशभर आफ्नो डिलर विस्तार गर्ने र बलियो सर्भिस नेटवर्क स्थापना गर्ने योजना बनाएको जानकारी कार्यक्रममा दिइयो। प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन पूर्वाधार विकासमा पनि लगानी गर्ने कम्पनीले जनाएको छ।

गाडी सार्वजनिक गर्ने कार्यक्रममा प्रोटोनका सीइओ डा. ली चुङरोङ प्रोनेटका सीइओ झाङ काइङ, निर्देशक लिम मेङ थङ लगायतको पनि उपस्थिति थियो।