BIZMANDU
www.bizmandu.com

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’: भारत भ्रमण गर्नेलाई विशेष लाभ, बीमाको पनि सुविधा

२०८१ चैत्र ८

एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’: भारत भ्रमण गर्नेलाई विशेष लाभ, बीमाको पनि सुविधा
एनसेलले ल्यायो ‘सधैं अन रोमिङ’: भारत भ्रमण गर्नेलाई विशेष लाभ, बीमाको पनि सुविधा


काठमाडौं। एनसेलले ग्राहकहरूका लागि सधैं अन रोमिङ प्याक ल्याएको छ। भारत यात्रा गर्नेहरूका लागि प्याकले विशेष लाभ प्रदान गर्ने एनसेलले जनाएको छ।

Tata
GBIME
NLIC

प्याक २८ दिनसम्म मान्य रहने छ। प्याक अवधिभर नेपालभर कल गर्न सकिने अनलिमिटेड अल–नेट टक टाइम, १०० जीबी उच्च गतिको डेटा, अनलिमिटेड युट्युब, बीमा सुविधा, र रोमिङ सुविधा समावेश छन्।

प्याक अन्तर्गत भारत भ्रमणका बेलामा ग्राहकहरूले ६०० एमबी रोमिङ डेटा, १० मिनेट आगमन कल, र १० मिनेटको बाह्य कल सेवा प्राप्त गर्नेछन्। यो प्याकमा भारत भ्रमण गर्दा कुनै दुर्घटना भएमा एक लाख रुपैयाँसम्मको अस्पताल भर्ना र ओपीडी खर्च पनि समेट्ने छ।

करसहित प्याकको एक हजार ७९९ शुल्क रहेको छ।

“हामी विशेष गरी प्रायः यात्रा गर्ने हाम्रा ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सहजता प्रदान गर्न प्रतिबद्ध छौं। सधैं अन १७९९ रोमिङ प्याक प्रशस्त डेटा, अनलिमिटेड कल, र मनोरञ्जनका लागि विकल्पसहित उनीहरूका सम्पूर्ण सञ्चारको आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको छ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिनले भने।