BIZMANDU
www.bizmandu.com

होटल मर्क्योर काठमाडौंमा अब इटालियन स्वाद, सञ्चालनमा ल्यायो ‘सोप्रा इटालियानो’ रेस्टुरेन्ट

२०८१ चैत्र ८

होटल मर्क्योर काठमाडौंमा अब इटालियन स्वाद, सञ्चालनमा ल्यायो ‘सोप्रा इटालियानो’ रेस्टुरेन्ट
होटल मर्क्योर काठमाडौंमा अब इटालियन स्वाद, सञ्चालनमा ल्यायो ‘सोप्रा इटालियानो’ रेस्टुरेन्ट

काठमाडौं। सुकेधारास्थित ५ तारे होटल मर्क्योर काठमाडौंले इटालियन स्वाद रुचाउनेलाई लक्षित गरी ‘सोप्रा इटालियानो’ रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ।

Vigo
GBIME
Tata

पारिवारिक जमघट, विशेष उत्सव तथा डिनरलाई लक्षित गरी रेष्टुरेन्ट सञ्चालनमा ल्याएको होटलका महाप्रबन्धक विजय नन्मरन एसले बताए। उनका अनुसार ग्राहकले सोप्रा इटालियानोमा पिज्जा, पास्ता, डिजर्ट लगायत धेरै परिकारको स्वाद लिन सक्नेछन्।

नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले उद्घाटन गरेको रेस्टुरेन्ट इटालियन खानाका पारखीहरूका लागि उत्कृष्ट गन्तव्य हुने होटलको विश्वास छ।

देशबन्धु बस्नेतको कम्पनी दि मेट्रोपोलिटन होटल प्रालिले तीन अर्ब रूपैयाँभन्दा बढी लागतमा सञ्चालनमा ल्याएको होटलको व्यवस्थापन युरोपियन हस्पिटालिटी ब्राण्ड मर्क्योरले गर्दै आएको छ।