BIZMANDU
www.bizmandu.com

कोटेश्वरमा मोबाइल चोरी, पछ्याउँदा प्रहरीले जगातीको पसलबाट फेला पार्‍यो २७१ वटा मोबाइल

२०८१ चैत्र ८

कोटेश्वरमा मोबाइल चोरी, पछ्याउँदा प्रहरीले जगातीको पसलबाट फेला पार्‍यो २७१ वटा मोबाइल
कोटेश्वरमा मोबाइल चोरी, पछ्याउँदा प्रहरीले जगातीको पसलबाट फेला पार्‍यो २७१ वटा मोबाइल


काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार एउटै पसलबाट चोरी भएका २७१ थान मोबाइल बरामद गरेको छ।

Tata
GBIME
NLIC

बिहीबार कोटेश्वरमा पकेटमारले चोरी गरेको एउटा मोबाइल फलो गर्दै जाँदा अन्य विभिन्न मितिमा चोरी भएका २७१ थान मोबाइल बरामद भएको हो।

पकेटमारले चोरी गरेको मोबाइल भक्तपुरको जगातीमा रहेको सरोज मोबाइल सेन्टरबाट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले जानकारी दिए।

‘त्यो पसलमा चोरी भएका मोबाइल सस्तोमा बिक्री गर्ने गरेको पाइयो। प्रहरीले सूचना प्राप्त गरेर बरामद गरेको हो,’ एसएसपी अधिकारीले भने।

मोबाइल चोरी र किन्ने कार्यमा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आर्थिक वर्षको ८ महिनामा काठमाडौं प्रहरीले चोरी भएका मध्ये २ हजार २८८ थान मोबाइल बरामद गरेको जानकारी दिएको छ।