BIZMANDU
www.bizmandu.com

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पोखरा सडकखण्ड निर्माण गर्न १९.७५ अर्ब रुपैयाँ लाग्ने

२०८१ चैत्र ८

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पोखरा सडकखण्ड निर्माण गर्न १९.७५ अर्ब रुपैयाँ लाग्ने
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पोखरा सडकखण्ड निर्माण गर्न १९.७५ अर्ब रुपैयाँ लाग्ने


काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पोखरा सडकखण्ड निर्माण गर्न १९ अर्ब ७५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

Tata
GBIME
NLIC

वन मन्त्रालयले बुधबार निकालेको वातावरणीय प्रभाव मूल्यांक (ईआईए) प्रतिवेदन अनुसार १५७.९५ किलामिटर सडक विस्तार गर्न १९ अर्ब ७५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको हो।

जसमा सडक निर्माणको लागि मात्रै १० अर्ब ३८ करोड र सुरुङमार्ग निर्माणको लागि भने ९ अर्ब ३७ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।

यो आयोजना रुपन्देही जिल्लाको बुटवलबाट सुरु भएर पोखरामा टुंगिन्छ। आयोजनाले सडकको चौडाईलाई स्तरोन्नति गर्दा १० मिटरको फर्मेसन र १ मिटरको नालीसहितको कालोपत्रे सडक बनाउने प्रस्ताव छ। यसमा क्रसड्रेनेज पाइपकल्भर्ट ३२५, आर्ककल्भर्ट १६, स्लाबकल्भर्ट ४३३ र पुलहरु ३७ वटा निर्माण हुनेछन्।

यो सडक निर्माण गर्दा बिटुमिन वेरिङ कोर्स ४० एमएमको हुनेछ। साथै यसमा बिटुमिन बाइन्डर कोर्स ६० एमएमको राखिनेछ। बेस तयार पार्न १५० एमएमको निर्माण सामाग्री हालिनेछ भने सब-बेस तयार पार्न १९० एमएमको सामान हालिनेछ।

यसमा सडक खण्ड अनुसार फरक पर्नेछन्। यो सडकलाई ४ वटा खण्डमा निर्माण गर्ने योजजा रहेको छ। आयोजनाको निर्माण अवधि लगभग ४ वर्षको हुनेछ।