BIZMANDU
www.bizmandu.com

स्मार्टफोनको आयात ४४ प्रतिशतले उकालो, करिब ३ अर्ब बराबरको पौने २ लाख थान भित्रियो

२०८१ चैत्र ७

स्मार्टफोनको आयात ४४ प्रतिशतले उकालो, करिब ३ अर्ब बराबरको पौने २ लाख थान भित्रियो
स्मार्टफोनको आयात ४४ प्रतिशतले उकालो, करिब ३ अर्ब बराबरको पौने २ लाख थान भित्रियो


काठमाडौं। स्मार्टफोनको आयात निरन्तर उकालो लाग्दै गएको छ। गत वर्ष २०८०/८१ फागुनको तुलनामा चालु वर्ष सोही अवधिमा स्मार्टफोनको आयात ४४ प्रतिशतले बढेको छ।

Tata
GBIME
NLIC

चालु वर्ष फागुनमा २ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ लाख ७७ हजार १२१ थान स्मार्टफोन आयात भएको छ। गत वर्ष फागुनमा करिब २ अर्ब रुपैयाँबराबरको १ लाख २२ हजार ७३४ थान स्मार्टफोन भित्रिएको थियो।

स्मार्टफोन बजारमा देखिएको मन्दी बढ्दो आयातले पछिल्लो समय केही मत्थर भएको देखिन्छ। उपभोक्तालाई सरल किस्ताबन्दीमा स्मार्टफोन किन्ने सुविधाले व्यापार बढ्न थालेको व्यवसायी बताउँछन्।

भन्सार विभागका अनुसार चालु वर्ष फागुनमा सरकारले स्मार्टफोन आयातबाट ५४ करोड ५४ लाख रुपैयाँ भन्सार संकलन गरेको छ। पोहोर फागुनमा ३७ करोड १८ लाख रुपैयाँ उठेको थियो।

चालु वर्ष आठ महिनामा २१ अर्ब ९१ करोड रुपैयाँ बराबरको १४ लाख थान स्मार्टफोन भित्रिएको छ। गत वर्ष सोही अवधिमा १९ अर्ब ३७ करोड रुपैयाँबराबरको १२ लाख ४९ हजार थान स्मार्टफोन आएको थियो।

चीनबाट सर्वाधिक १५ अर्ब रुपैयाँबराबरको ११ लाख थान स्मार्टफोन आएको छ। भारतबाट ६ अर्ब ३९ करोड रुपैयाँबराबरको २ लाख ९४ हजार थान स्मार्टफोन भित्रिएको छ।