BIZMANDU
www.bizmandu.com

उद्योगहरुमा १२ घण्टा बिजुली काटेको भन्दै सीएनआईको विरोध, ‘उद्योग नचलाउन प्रेरित गरेको हो?’

२०८१ चैत्र ७

उद्योगहरुमा १२ घण्टा बिजुली काटेको भन्दै सीएनआईको विरोध, ‘उद्योग नचलाउन प्रेरित गरेको हो?’
उद्योगहरुमा १२ घण्टा बिजुली काटेको भन्दै सीएनआईको विरोध, ‘उद्योग नचलाउन प्रेरित गरेको हो?’


काठमाडौं। नेपाल उद्योग परिसंघले उद्योगहरुमा दैनिक १२ घण्टा लोडसेडिङ गरिएकामा विरोध जनाएको छ। उद्योगहरुमा विद्युत उपलब्ध नगराउँदा लागत बढेर उत्पादनमै गम्भिर असर परिरहेको सीएनआईको भनाइ छ।

Tata
GBIME
NLIC

‘यस्तो कार्यले मुलुकमा लगानीको वातावरणमा गम्भिर असर पार्नुका साथै नयाँ उद्योग स्थापना गर्न र उद्योग विस्तार गर्न गम्भिर भएर सोच्नुपर्ने गरी सशंकित बनाइएको छ। सरकारले स्वदेशी उद्योगहरुको प्रवर्द्धन गर्ने, निजी क्षेत्रको मनोबल बढाउन कानुनहरुमा सुधार गर्दै लगानीको वातावरण बनाउन प्रयासरत भइरहेको अवस्थामा विद्युत प्राधिकरणले स्वदेशी उद्योगहरुमा गरेको लोडसेडिङले उद्योगलाई मर्माहत बनाएको छ,’ सीएनआईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

देशमा विद्युत बचत हुँदा पनि उद्योगहरुलाई पर्याप्त विद्युत उपलब्ध नगराई निर्यात गरिएको भन्दै प्राधिकरणले देशमा उद्योग संचालन नगर्न प्रेरित गरेको त होइन भन्दै प्रश्न गरेको छ।

उद्योगलाई नियमित विद्युत आपूर्ति हुने व्यवस्था तत्काल गर्न सीएनआईले सरकारलाई अपिल गरेको छ।