BIZMANDU
www.bizmandu.com

८ महिनामा साढे १६ अर्बको सुन भित्रियो, चाँदी ३३ हजार ४०४ किलो आयात

२०८१ चैत्र ७

८ महिनामा साढे १६ अर्बको सुन भित्रियो, चाँदी ३३ हजार ४०४ किलो आयात
८ महिनामा साढे १६ अर्बको सुन भित्रियो, चाँदी ३३ हजार ४०४ किलो आयात

काठमाडौं। चालु आर्थिक वर्ष ८ महिनामा साढे १६ अर्ब रुपैयाँको सुन र गहना आयात भएको छ।

Tata
GBIME

भन्सार विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो आर्थिक वर्ष फागुनसम्म १४ अर्ब ३७ करोड ११ लाख रुपैयाँको सुन आयात भएको छ।

विभागले ११८८.८९ केजी सुन आयात भएको जनाएको छ। यसबाहेक २ अर्ब ९ करोड रुपैयाँको १८१ केजी सुनका गहना भित्रिएको छ।

यो वर्षको आयात पोहोरको तुलनामा कम हो। पोहोर पहिलो ८ महिनामा १६ अर्ब १२ करोड २५ लाख रुपैयाँको १९०१.८६ केजी सुन आयात भएको थियो।

सुनका गहना भने पोहोरको भन्दा यसपालि बढी भित्रिएको हो। पोहोर ८ महिनामा १ अर्ब ४५ करोड रुपैयाँको १७१ केजी सुनका गहना आयात भएको थियो। 

चाँदीको आयात भने बढेको छ। पोहोर ८ महिनामा २६ हजार ९२४ केजी चाँदी र यसका गहना आयात भएकामा यो वर्ष सोही अवधिमा ३३ हजार ४०४ केजी भित्रिएको छ। चाँदी र यसका गहना ४ अर्ब ६२ करोड ५२ लाख रुपैयाँको आयात भएको हो।