BIZMANDU
www.bizmandu.com

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ, सर्वसम्मतरुपमा चयन

२०८१ चैत्र ७

डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ, सर्वसम्मतरुपमा चयन
डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दोहोरिए सुयोग श्रेष्ठ, सर्वसम्मतरुपमा चयन


काठमाडौं। डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुयोग श्रेष्ठ दोहोरिएका छन्।

Tata
GBIME
NLIC

एसोसिएसनको बिहीबार सम्पन्न १९औं वार्षिक साधारण सभाले श्रेष्ठलाई दोस्रो कार्यकालका लागि सर्वसम्मतरुपमा अध्यक्ष चयन गरेको हो।

उपाध्यक्षमा कामना सेवा विकास बैंकका सीइओ दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका सीइओ माधवप्रसाद उपाध्याय र कोषाध्यक्षमा ज्योति विकास बैंकका सीइओ कपिल ढकाल चयन भएका छन्।

सदस्यमा नरेश सिंह बोहरा, प्रकाश पौडेल, दिपेश लम्साल, हरिबहादुर बुढाथोकी र दिनेश पोखरेल चयन भएका छन्।

साधारण सभाले गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन सर्वसम्मतरुपमा पारित गरेको छ।