BIZMANDU
www.bizmandu.com

सेयर बजारमा रोकिएन गिरावट, नेप्से १२.३८ अंकले घटेर २६६९.७६ विन्दुमा, ४.५६ अर्बको कारोबार

२०८१ चैत्र ७

सेयर बजारमा रोकिएन गिरावट, नेप्से १२.३८ अंकले घटेर २६६९.७६ विन्दुमा, ४.५६ अर्बको कारोबार
सेयर बजारमा रोकिएन गिरावट, नेप्से १२.३८ अंकले घटेर २६६९.७६ विन्दुमा, ४.५६ अर्बको कारोबार

काठमाडौं। सेयर बजारमा गिरावटले निरन्तरता पाएको छ। नेप्से परिसूचक बिहीबार १२.३८ अंकले घटेर २६६९.७६ विन्दु कायम भएको छ।

Tata
GBIME

लाइफ इन्स्योरेन्स बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक १.३५ प्रतिशतले ओरालो लागेको छ।

१७५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। मिथिला लघुवित्त र भूगोल इनर्जीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। डोल्टी पावर कम्पनीको सेयर मूल्य सर्वाधिक ७.५३ प्रतिशतले बढेको छ।

नेप्से सूचकसँगै कारोबार रकम समेत ओरालो लागेको छ। बिहीबार सेयर कारोबार ४ अर्ब ५६ करोड १३ लाख रुपैयाँमा सीमित भएको छ।

नेपाल रि-इन्स्योरेन्सको सर्वाधिक २८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच भएको छ। त्यस्तै, हिमालयन रि-इन्स्योरेन्सको २३ करोड १२ लाख र सिन्धुु विकास बैंकको १६ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।