BIZMANDU
www.bizmandu.com

नागढुंगा सुरुङ मार्गको काम ५ दिनदेखि ठप्प, स्थानीयले मन्त्री र सचिवबाहेकसँग कुरा गर्नै मानेनन्

२०८१ चैत्र ७

नागढुंगा सुरुङ मार्गको काम ५ दिनदेखि ठप्प, स्थानीयले मन्त्री र सचिवबाहेकसँग कुरा गर्नै मानेनन्
Nagdhunga Tunnel Construction Project's progress


काठमाडौं। नागढुंगा-नौबिसे सुरुङ मार्गको काम धादिङका स्थानीयले पाँच दिनदेखि ठप्प पारेका छन्। उनीहरुले खानेपानीको माग गर्दै आयोजनास्थलमा धर्ना दिएर आइतबारदेखि काम ठप्प पारेका हुन्।

Tata
GBIME
NLIC

अवरोध हटाउनका लागि आयोजना प्रमुखले वार्तामा बोलाए पनि स्थानीयले मानेका छैनन्। स्थानीयले भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्माबाहेकसँग वार्ता नगर्ने अडान लिएका छन्।

‘हामीले स्थानीयलाई पटक पटक वार्तामा बोलायौं। तर, उहाँहरुले मन्त्री र सचिव बाहेकसँग कुरा गर्दैनौं भनेपछि काम रोकिएको छ,’ आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सन्जय पन्थीले भने।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सचिव र सडक विभागका महानिर्देशक सबै बाहिर भएका कारण ५ दिनदेखि ठप्प भएको छ।

स्थानीयले वार्ताका लागि खोजिरहँदा मन्त्री दाहाल, सचिव शर्मा र सडक विभागका महानिर्देशक रामहरि पोखरेल अमेरिकामा थिए। सचिव र महानिर्देशक बुधबार स्वदेश फर्किएका छन्।