काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीका संचालक दिनेशलाल श्रेष्ठले राजीनामा दिएका छन्। उनले जिम्मेवारी सम्हालेको १० महिना पूरा नहुँदै कम्पनीको संचालकबाट राजीनामा दिएका हुन्।
उनी नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताका कम्पनीको संचालक थिए।
कम्पनीको गत जेठ १७ गते भएको नवौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका श्रेष्ठले कार्यालयको कार्यव्यस्तता र व्यक्तिगत कारण जनाएर राजीनामा दिएका हुन्। उनी एसियन लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी (सीइओ)का रुपमा कार्यरत छन्।
कम्पनीको बुधबार बसेको संचालक समिति बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको छ।