BIZMANDU
www.bizmandu.com

नेपालमा दिगो वित्तीय समाधान प्रवर्धन गर्न एनएमबि बैंक, आइएफसी र ईयूबीच साझेदारी

२०८१ चैत्र ६

नेपालमा दिगो वित्तीय समाधान प्रवर्धन गर्न एनएमबि बैंक, आइएफसी र ईयूबीच साझेदारी
नेपालमा दिगो वित्तीय समाधान प्रवर्धन गर्न एनएमबि बैंक, आइएफसी र ईयूबीच साझेदारी

काठमाडौं। एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँगको सहकार्य र युरोपियन युनियनको एसीएसआइआइएस कार्यक्रमको सहयोगमा तीन दिने तालिम संचालन गरेको छ।

Tata
GBIME
Nepal Life

मार्चको पहिलो हप्ता संचालित सो तालिम बैंकको दिगो वित्तीय प्राथमिकताका तीन मुख्य क्षेत्रहरू ऊर्जा, कृषि व्यवसाय र साना तथा मध्यम उद्यम क्षेत्रमा जलवायु वित्त र जोखिम व्यवस्थापन सुदृढ गर्न केन्द्रित थियो।

नेपाल जलवायु जोखिमका दृष्टिले अति संवेदनशील भएकाले तालिममा बैंकिङ तथा व्यवसायमा पर्यावरणीय, सामाजिक र सुशासन अभ्यासहरूलाई समाहित गर्न जोड दिइएको थियो। जसले प्रभावकारी जोखिम व्यवस्थापन र वित्तीय स्थायित्वमा योगदान पुर्‍याउने दाबी गरिएको छ।

आइएफसीका विशेषज्ञहरू र स्थानीय परामर्शदाताहरूबाट क्षेत्रीय तथा विश्वव्यापी उत्कृष्ट अभ्यासहरूबारे प्रशिक्षण दिइएको तालिममा एनएमबि बैंकका व्यवसायिक टोली, ई एण्ड एस तथा जोखिम अधिकृतहरू र ग्राहक गरी ९० जना सहभागी थिए।

तालिमले सहभागीहरूलाई वातावरणीय तथा सामाजिक उचित परिश्रम, जैविक विविधता व्यवस्थापन, श्रम अधिकार, भूमि पुनर्स्थापना र स्रोत दक्षता जस्ता विषयमा छलफल गराउँदै अन्तर्राष्ट्रिय मापदण्डहरूसँग समाहित हुने अवसर प्रदान गरेको बैंकले जनाएको छ।

यस पहलले पर्यावरणीय, सामाजिक र सुशासन तथा जलवायु जोखिम व्यवस्थापन क्षमता बढाउँदै, बैंक र ग्राहकको दिगो लगानी अभ्यासलाई थप सशक्त बनाएको बैंकले बताएको छ।