BIZMANDU
www.bizmandu.com

बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट अफर

२०८१ चैत्र ६

बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट अफर
बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट अफर


काठमाडौं । भुक्तानी प्रणाली संचालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले चेन स्टोर बिगमार्टमा ‘एससीटी स्मार्ट वेडनश डे’ अफर सुरु गरेको छ।

Tata
GBIME
NLIC

अफर अन्तर्गत ग्राहकहरुले बिगमार्टमा एससीटी-युपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत, अधिकतम १०० रुपैयाँ हुने गरि छुट प्राप्त गर्नेछन्।

यसको लागि भुक्तानी गर्न एससीटी-युपीआई कार्ड प्रयोग गरि पीओएस मेसिनमार्फतनै भुक्तानी गर्नु पर्नेछ। यो अफर ६ महिना सम्म हरेक बुधबार बिगमार्टको सम्पूर्ण शाखामा लागू हुनेछ।

एससीटीले हाल २१ वटा बैंक तथावितिय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी-युपीआई कार्ड जारी गर्दै आइरहेको छ। यो अफर मार्फत कार्डको अधिकतमप्रयोग गराउने र कार्डमार्फत नगदरहीत कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य कम्पनीको रहेको छ।

एससीटी-युपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी-युपीआई कार्ड माग गरि प्राप्तगर्न सक्नेछन्।