BIZMANDU
www.bizmandu.com

ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन

२०८१ चैत्र ६

ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन
ग्लोबल मनी विकमा राष्ट्रिय वाणिज्य बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम संचालन


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर विभिन्न २९४ शाखा कार्यालयहरु मार्फत १० हजार भन्दा बढी युवा, विद्यार्थी, कर्मचारी, कृषकहरु माझ वित्तीय चेतना अभिवृद्धिका लागि वित्तीय साक्षरता कार्यक्रम संचालन गरिरहेको छ।

Tata
GBIME
NLIC

हरेक वर्ष मार्च महिनाको दोस्रो सातामा मनाइने ग्लोबल मनी विकमा बैंकले चैत ४ देखि १० गतेसम्म साताव्यापी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको हो।

बैंकले विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरु, कर्मचारी, मजदुर तथा कृषकहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम संचालन गर्दैछ। अ

अभियान अन्तर्गत बैंकले बैंकसँग कारोबार गर्दाका फाइदाहरु, डिजिटल बैंकिङ, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिरहेको छ।

बैंकका विभिन्न शाखा कार्यालयहरु मार्फत वित्तीय सचेतनामूलक अन्तरक्रिया पनि संचालन गर्दैछ। यसका साथै सामाजिक संजालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिरहेको छ।

बैंकले केही वर्षदेखि हरेक त्रयमासमा सबै शाखा कार्यालयहरु मार्फत वित्तीय साक्षरता कार्यक्रम समेत संचालन गर्दै आइरहेको छ।