BIZMANDU
www.bizmandu.com

इभी चार्जिङमा बीवाइडीको फड्को, ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिने प्रविधि विकास

२०८१ चैत्र ६

इभी चार्जिङमा बीवाइडीको फड्को, ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिने प्रविधि विकास
इभी चार्जिङमा बीवाइडीको फड्को, ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिने प्रविधि विकास

काठमाडौं। चिनियाँ कम्पनी बीवाइडीले विद्युतीय गाडीका लागि आवश्यक चार्जिङमा ठूलो फड्को मारेको छ। कम्पनीले गाडी ५ मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन सकिने सुपर ई-चार्जर प्रविधि विकास गरेको छ।

Tata
GBIME

कम्पनीले यसलाई ‘सुपर ई-चार्जर’ प्लेटफर्म नाम दिएको छ। यसको पिक चार्जिङ १ हजार किलोवाट क्षमता छ। यसमा १ घन्टामा १० पटकसम्म चार्ज गर्न सकिने सुविधा हुनेछ।

कम्पनीका अनुसार यसको ब्याट्रीमा नै १० सी चार्जिङ मल्टिप्लायर राखिनेछ। यसमा हाइ पावर मोटर र हाइ भोल्ट सिलिकन कारबाइड पावर चिप्स हुनेछ।

कम्पनीले सुपर ई-चार्जर ४ हजार वटा निर्माण गर्ने बताएको छ।

इभी चार्जिङमा रिभोलुसन ल्याउने प्रविधि विकासपछि बीवाइडीको सेयर मूल्य उकालो लागेको छ। कम्पनीको सेयर मूल्य मंगलबार हङकङको सेयर बजारमा ४.१ प्रतिशतले बढेको थियो।

अहिलेसम्म इभी ३० देखि ५० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिने प्रविधि विकास भएको थियो।