BIZMANDU
www.bizmandu.com

नयाँ दिल्लीमा नेपाल महोत्सव हुँदै, व्यापार विस्तार र संस्कृति प्रवर्धनको लक्ष्य

२०८१ चैत्र ५

नयाँ दिल्लीमा नेपाल महोत्सव हुँदै, व्यापार विस्तार र संस्कृति प्रवर्धनको लक्ष्य
नयाँ दिल्लीमा नेपाल महोत्सव हुँदै, व्यापार विस्तार र संस्कृति प्रवर्धनको लक्ष्य

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा नेपाल महोत्सव आयोजना हुने भएको छ।

Tata
GBIME
Nepal Life

नेपाल र भारतबीच व्यवसाय, संस्कृती र खाना प्रवर्धन गर्न उद्देश्यले अप्रिल ११ देखि अप्रिल १३ सम्म महोत्सव आयोजना गर्न लागिएको हो।

नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको सहकार्यमा एभरेस्ट चेम्बर अफ कमर्शले नेपाल महोत्सवको आयोजना गर्न लागेको हो।

नेपाल महोत्सव व्यापार, पर्यटन, व्यवसाय, संस्कृति र आध्यात्मिकता मार्फत भारत-नेपाल सम्बन्ध प्रगाढ बनाउने लक्ष्य राखिएको एभरेस्ट चेम्बर अफ कमर्शका अध्यक्ष युवराज बरालले बताए।

आयोजक ऐभरेस्ट चेम्बरमा महासचिव डा मोहन कार्कीले  महोत्सवमा व्यावसायिक नेटवर्किङ सत्रहरू, सांस्कृतिक प्रस्तुतिहरू, हस्तकला प्रदर्शनीहरू र मौलिक नेपाली खानाहरूसहित स्टल रहने जानकारी दिए।

महोत्सव निर्देशक राजेन्द्र घिमिरेका अनुसार दिल्लीको बार्हखम्बा रोडमा रहेको नेपाली दूतावास परिसरमै महोत्सव आयोजना हुनेछ। सो कार्यक्रममा नेपाल-भारत व्यापार सम्बन्धी छलफल, बिटूबी र बिटुसी नेटवर्किङ बैठक, लगानी विस्तार सम्बन्धी छलफल, पर्यटन र यात्रा प्रदर्शनी, सांस्कृतिक कार्यक्रम हुनेछ।

यो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना आयोजकको छ।