BIZMANDU
www.bizmandu.com

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, १७ लाख ७१ हजारको हात खाली

२०८१ चैत्र ५

काठमाडौं। क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट भएको छ। इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले मंगलबार आइपीओ बाँडफाँट गरेको हो।

Tata
GBIME

कम्पनीले १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणमा बिक्री खुलाएकामा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले हात पारेका छन्। बिक्री प्रबन्धकका अनुसार १९ लाख ५५ हजार ६८५ आवेदकको आवेदन स्वीकृत भएकामा १७ लाख ७१ हजार १८५ जनाको हात खाली भएको छ।

आइपीओ परेको/नपरेको तुरुन्त थाहा पाउन सीडीएसको आइपीओ रिजल्ट साइट हेर्न सकिन्छ।

इन्स्योरेन्सले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरुलाई २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर बिक्री गरेको थियो।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति लिएको थियो।

गत असारसम्म कम्पनीको प्रति सेयर आम्दानी २.४१ रुपैयाँ थियो। यस वर्ष ७.७४ रुपैयाँ पुग्ने अनुमान गरेको छ। त्यस्तै, पोहोर ८८ लाख रुपैयाँ नाफा कमाएको वित्तीय विवरण पेस गरेको कम्पनीले यस वर्ष २ करोड ६९ लाख रुपैयाँ मुनाफा आर्जन गर्ने अनुमान गरेको छ।