BIZMANDU
www.bizmandu.com

काठमाडौंमा ट्रकबाट करोडौं विदेशी मुद्रा बरामद, चालकसहित दुई जना नियन्त्रणमा

२०८१ चैत्र ५

काठमाडौंमा ट्रकबाट करोडौं विदेशी मुद्रा बरामद, चालकसहित दुई जना नियन्त्रणमा
काठमाडौंमा ट्रकबाट करोडौं विदेशी मुद्रा बरामद, चालकसहित दुई जना नियन्त्रणमा

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंबाट ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको छ। ट्रकमा राखिएको अवस्थामा करिब २० करोड रुपैयाँ बराबरको मुद्रा बरामद गरिएको हो।

Tata
GBIME
Nepal Life

ट्रकबाट युरो र अमेरिकन डलर बरामद भएको प्रहरीले जनाएको छ। काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयको टोलीले रकम बरामद गरेको हो।

‘अहिले पैसा गन्ने काम भइरहेको छ। नेपालीमा कन्भर्ट गर्दा २० करोड माथि होला भन्ने हो,’ एसएसपी रमेश बस्नेतले भने।

प्रहरीले ना १ ख १६५२ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।