BIZMANDU
www.bizmandu.com

नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा, कारोबार रकम ५ अर्ब ४० करोडमा सीमित

२०८१ चैत्र ४

नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा, कारोबार रकम ५ अर्ब ४० करोडमा सीमित
नेप्से १०.१४ अंकले घटेर २७०४.७० विन्दुमा, कारोबार रकम ५ अर्ब ४० करोडमा सीमित


काठमाडौं। सेयर बजार परिसूचक सोमबार १०.१४ अंकले घटेर २७०४.७० विन्दु कायम भएको छ। फाइनान्स, होटल तथा पर्यटन, इन्भेष्टमेन्ट र उत्पादन तथा प्रशोधन बाहेकका उपसमूहले बजार घटाएका हुन्।

Tata
GBIME
NLIC

ट्रेडिङको सूचक सर्वाधिक ३.३८ प्रतिशतले ओरालो लागेको छ। विकास बैंकको सूचक ०.९२ प्रतिशतले घटेको छ। १४५ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। महालक्ष्मी विकास बैंकको सेयर मूल्य सर्वाधिक ५.६३ प्रतिशतले घटेको छ।

८५ कम्पनीको सेयर मूल्य बढेको छ। राप्ति हाइड्रोपावर एण्ड जनरल कन्स्ट्रक्सनको मूल्य सर्वाधिक ९.८६ प्रतिशतले बढेको छ।

सूचकसँगै कारोबार रकममा गिरावट आएको छ। सोमबार ५ अर्ब ४० करोड ८३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ४३ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल रि-इन्स्योरेन्सको ३० करोड ७४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।