BIZMANDU
www.bizmandu.com

भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्दै सरकार, गृहमन्त्री लेखकले दिए निर्देशन

२०८१ चैत्र ३

भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्दै सरकार, गृहमन्त्री  लेखकले दिए निर्देशन
भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गर्दै सरकार, गृहमन्त्री लेखकले दिए निर्देशन


काठमाडौं। भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन गृहमन्त्री रमेश लेखकले निर्देशन दिएका छन्।

Tata
GBIME
NLIC

उनले सर्वोच्च अदालतले जफत गर्न दिएको आदेश अनुसारका घरजग्गा सरकारका नाममा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका हुन्। मन्त्रीको निर्देशन अनुसार जफत गर्ने कार्यलाई सक्रियता साथ अघि बढाएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार रामाज्ञाप्रसाद चतुर्वेदी, मुरारीबहादुर कार्की, केशरजंग खड्का, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना लगायत पूर्वप्रशासक र बहालवाला कर्मचारी तथा तिनका परिवारका नाममा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने कार्य अगाडि बढाइएको हो।

यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक)ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ।