BIZMANDU
www.bizmandu.com

अर्थमन्त्रीले गृहमन्त्रीसँग भने- कार्यक्रम प्रस्ताव गर्दा सरकारको सामर्थ्यलाई ख्याल गर्नुहोला

२०८१ चैत्र ३

अर्थमन्त्रीले गृहमन्त्रीसँग भने- कार्यक्रम प्रस्ताव गर्दा सरकारको सामर्थ्यलाई ख्याल गर्नुहोला
अर्थमन्त्रीले गृहमन्त्रीसँग भने- कार्यक्रम प्रस्ताव गर्दा सरकारको सामर्थ्यलाई ख्याल गर्नुहोला

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले विषयगत मन्त्रालय र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट ल्याउने बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले आइतबार गृहमन्त्री रमेश लेखक तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँगको छलफलमा विषयगत मन्त्रालयहरुले अपनत्व वोध गर्ने गरी बजेट ल्याउने बताए।

‘अपनत्व हुने र कार्यान्वयनमा सहज हुने गरी बजेट ल्याइनेछ,’ पौडेलले भने, ‘यहाँहरुले पनि सरकारको सामर्थ्यलाई ख्याल गरेर कार्यक्रम र बजेट प्रस्ताव गर्नुहोला।’

उनले नीति तथा कार्यक्रम र बजेटबीच मेल हुनु पर्नेमा जोड दिए।