BIZMANDU
www.bizmandu.com

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओका लागि १९.८५ लाख आवेदक, १८.३८ लाखले नपाउने

२०८१ चैत्र ३

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओका लागि १९.८५ लाख आवेदक, १८.३८ लाखले नपाउने
ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओका लागि १९.८५ लाख आवेदक, १८.३८ लाखले नपाउने


काठमाडौं। ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओमा २ करोड ३६ लाख ५९ हजार १२० कित्ताका लागि आवेदन परेको छ।

Tata
GBIME
NLIC

कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता सेयर निष्कासन गरेकामा १९ लाख ८५ हजार ६६३ आवेदकले २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ बराबरको आइपीओ माग गर्दै आवेदन दिएका हुन्।

कम्पनीको आइपीओमा मागभन्दा १५.०२ गुणा बढी आवेदन परेकाले १८ लाख ३८ हजार ६३ आवेदकको हात खाली हुनेछ। १ लाख ४७ हजार आवेदकले मात्रै १०/१० कित्ताका दरले आइपीओ पाउनेछन्।

कम्पनीले जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता कुल आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको थियो।

पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीका लागि सेयर बाँडफाँड गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।

वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कम्पनीले १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख ८० हजार कित्ता सेयर बाँडफाँड गरेको थियो। त्यस्तै, कम्पनीले ९० हजार कित्ता सेयर सामूहिक लगानी कोष र ५४ हजार कित्ता सेयर कर्मचारीका लागि वितरण गरिसकेको छ।

उत्पादन तथा प्रशोधन क्षेत्रको कम्पनी ओम मेगाश्रीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी माइनस इस्यूअर रेटिङ दिएको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमता ‘मध्यम जोखिम’ रहेको जनाउँछ।