BIZMANDU
www.bizmandu.com

सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग माग्यो प्रस्ताव, बुधबारसम्मको समय

२०८१ चैत्र ३

सेबोनले मुद्दती निक्षेपमा लगानी गर्न बैंकहरुसँग माग्यो प्रस्ताव, बुधबारसम्मको समय
sebon nepal नेपाल धितोपत्र बोर्ड samartha ranjit share

काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सेबोनले मुद्दतीमा लगानी गर्न वाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको छ।

Tata
GBIME

सेबोनले आइतबार सूचना निकालेर अधिकतम् ब्याजसहित प्रस्ताव पेस गर्न भनेको छ। इच्छुक वाणिज्य बैंकहरुले बुधबारसम्म १ वर्षे ब्याजदरसहित सिलवन्दी प्रस्ताव पेस गर्नुपर्ने छ।

सेबोनले लगानीयोग्य रकमलाई लगानी सम्बन्धी नीति २०६७ बमोजिम मुद्दतीमा राख्न लागेको हो। तर, उच्च तरलताका कारण लागत बढ्ने देखेपछि बैंकहरुले ठूलो निक्षेप लिन अस्वीकार गर्दै आएका छन्।