BIZMANDU
www.bizmandu.com

ट्रम्पको आदेशसँगै यमनमा अमेरिकाले गर्‍यो आक्रमण, निशानामा हुथी समूह

२०८१ चैत्र ३

ट्रम्पको आदेशसँगै यमनमा अमेरिकाले गर्‍यो आक्रमण, निशानामा हुथी समूह
getty images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा आक्रमण गर्न निर्देशन दिएका छन्। उनको आदेशसँगै अमेरिकी सेनाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

हुथी समूहले अमेरिकी विमानमा मिसाइल आक्रमण गरेपछि ट्रम्पले जवाफी कारबाहीको आदेश दिएका हुन्।

उनले हुथी विद्रोही इरान समर्थित भएको भन्दै उनीहरुले अमेरिका र अमेरिकाको सहयोगीलाई आक्रमण गरेको बताएका छन्। हुथी समूहले इजरायललाई आफ्नो शत्रु मान्छ। इजरायलले प्यालिस्टाइनमा गरेको गरेको आक्रमणको विरोधमा हुथीले आक्रमण गर्दै आएको छ।

हुथीको स्वास्थ्य मन्त्रालयले अमेरिकी आक्रमणमा १५ जना मृत्यु भएको जनाएको छ। ९ जना घाइते भएका छन्।

हुथीले अमेरिकी एयर स्ट्राइकको जवाफ दिने घोषणा गरेको छ।