BIZMANDU
www.bizmandu.com

नेप्सेको सीइओ छनाेटका लागि ५ जनाकाे नाम सर्टलिस्ट, बुधबार अन्तर्वार्तामा बोलाइयो

२०८१ चैत्र ३

नेप्सेको सीइओ छनाेटका लागि ५ जनाकाे नाम सर्टलिस्ट, बुधबार अन्तर्वार्तामा बोलाइयो
नेप्सेको सीइओ छनाेटका लागि ५ जनाकाे नाम सर्टलिस्ट, बुधबार अन्तर्वार्तामा बोलाइयो


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) का लागि ५ जनाकाे सर्टलिस्ट गरिएको छ।

Tata
GBIME
NLIC

नेप्सेको सीइओ छनोट समितिले दरखास्त दिएका १० जना मध्येबाट शैक्षिक याेग्यता र व्यवसायिक कार्ययोजना मूल्यांकनकाे आधारमा ५ जनाकाे नाम सर्टलिस्ट गरेको हो।

उनीहरूलाई चैत ६ गते बुधबार बिहान कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्ताका लागि बाेलाइएकाे छ।

सर्टलिस्टमा चुँडामणी चापागाईं, नारदकुमार लुइँटेल, सीडीएस एण्ड क्लियरिङका पूर्वसीइओ पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल छन्।

सीइओ छनाेट समितिले फागुन १२ गते दरखास्त आह्वान गरेकामा सर्टलिस्टेड सहित युवराज दाहाल, प्रविण अधिकारी, बिमल कुमार तिवारी, कृष्णबहादुर कार्की र मुकुन्दराज जोशीको आवेदन परेको थियो।

छनोट समितिले सर्टलिस्टेडकाे अन्तर्वार्ता पछि तीन जनाको नाम सिफारिस गर्नेछ।

समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सीइओ नियुक्त गर्नेछ। सीइओ सिफारिसका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फागुन ११ गते वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिमा सहसचिव अमृत लम्साल र डा. खोमराज खरेल सदस्य छन्।