BIZMANDU
www.bizmandu.com

हङकङमाथि नेपालको ६ विकेटको जित, दुई खेल जितेर चारमा हार ब्यहोर्दा खेल्ने छैन फाइनल

२०८१ चैत्र १

हङकङमाथि नेपालको ६ विकेटको जित, दुई खेल जितेर चारमा हार ब्यहोर्दा खेल्ने छैन फाइनल
हङकङमाथि नेपालको ६ विकेटको जित, दुई खेल जितेर चारमा हार ब्यहोर्दा खेल्ने छैन फाइनल

काठमाडौं। नेपाली महिला क्रिकेट टोलीले हङकङलाई हराएको छ। चार देशीय टी-२० सिरिज अन्तर्गत आज सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङमाथि ६ विकेटको जित निकालेको हो।

Tata
GBIME
Nepal Life

युगाण्डामा जारी सिरिजमा हङकङले टस जितेर पहिला ब्याटिङ रोजेको थियो। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै हङकङले १०४ रन बनाएको थियो।

हङकङका लागि शनजिन सहजादले सर्वाधिक ५४ रन बनाउँदा केरी चेनले १६ र यस्मिन दस्वानीले १४ रन बनाइन्।

बलिङतर्फ नेपालका लागि राजमती ऐरीले सर्वाधिक ३ विकेट लिँदा इन्दु वर्माले २ तथा पूजा महतो र ईश्वरी विष्टले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाउँदा पूजा महतोले अविजित २० तथा इन्दु वर्माले १८ रन बनाइन्।

बलिङतर्फ हङकङका इम्मा लाइ र कउर महिकदीपले समान १ विकेट लिए।

जारी सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग हार ब्यहोर्दै सुरुवात गरेको थियो। दोस्रो खेलमा युगाण्डालाई १ विकेटले हराएको नेपालले तेस्रो खेलमा हङकङसँग २ रन, चौथो खेलमा नामिबियासँग २३ रन र पाँचौँ खेलमा युगाण्डासँग ४० रनको हार ब्यहोरेको थियो।

लिगचरण सकिएसँगै शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। हङकङ, युगाण्डा र नामिबिया समान ६ अंकसहित शीर्ष तीनमा छन्। आज हुने युगाण्डा र नामिबियाबीचको खेलले फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ।

नेपालले भने तेस्रो स्थानका लागि प्लेअफ खेल्नेछ।