BIZMANDU
www.bizmandu.com

सीडीएससीको सर्भरमा प्राविधिक समस्या, मेमोरी रिप्लेसमेन्ट गरिंदै, सेवा अवरुद्ध हुन सक्ने

२०८१ चैत्र १

सीडीएससीको सर्भरमा प्राविधिक समस्या, मेमोरी रिप्लेसमेन्ट गरिंदै, सेवा अवरुद्ध हुन सक्ने
सीडीएससीको सर्भरमा प्राविधिक समस्या, मेमोरी रिप्लेसमेन्ट गरिंदै, सेवा अवरुद्ध हुन सक्ने

काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेडको सर्भरमा प्राविधिक समस्या आएको छ।

Tata
GBIME

मेरो सेयर, सी-आस्बा, केवाईसी लगायत सेवा सञ्चालन गर्न प्रयोग गरेका सर्भरमध्ये एउटामा प्राविधिक समस्या देखिएको सीडीएससीले जनाएको छ।

सर्भरमा समस्या देखिएपछि सीडीएससीले मेमोरी रिप्लेसमेन्ट गर्न लागेको छ।

मेमोरी रिप्लेसमेन्ट सम्बन्धी काम गर्नुपर्ने भएकाले शुक्रबार साढे तीन बजेपछि मेरो सेयर, सी-आस्बा, के-वाईसी लगायत सेवा अबरुद्ध हुन सक्ने सीडीएससीले जनाएको छ।